Logo
Logo

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मृत्यु


2.4k
Shares

वाग्मती । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ ।

आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्