Logo
Logo

खोलाले बगाएर दुई बालिका बेपत्ता


252
Shares

उदयपुर । उदयपुरमा सुनकोशी नदीले बगाएर दुई बालिका बेपत्ता भएका छन्। त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुर मगरले जानकारी दिए।

वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो।बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ। परिवार, गाउँले र प्रहरीले साँझ अबेरसम्म खोजीकार्य गरे पनि फेला परेका छैनन्।

प्रतिक्रिया दिनुहोस्