Logo
Logo

काठमाडौंमा सवारी दुर्घटना : २ जनाको मृत्यु


2.6k
Shares

काठमाडौं । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सानोभर्याङमा आज बिहान २ बजे स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ ।

यस्तै शंखरापुर-९ खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्