Logo
Logo

क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा


315
Shares

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ ।

भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथामका उपाए अबम्बन गर्नु उनको भनाइ छ ।

दैनिकजसो पानी परिरहँदा स्थानीयहरू त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छकि भन्ने चिन्तामा छन्। पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्