Logo
Logo

उपत्यकाको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई


74.5k
Shares

काठमाडौं । संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ ।

राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिवाट पारित भएसँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो ।

‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी (केन्द्र) बाट गरिनेछ भने नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ,’ पारित विधेयकमा भनिएको छ । सो विधेयक संघीय ससंदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणपछि ऐनको रुपमा कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्