Logo
Logo

बुढीगंगामा फेरि विवाद, प्रहरीद्वारा हवाइफायर


39.9k
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा मतदानमा आज पनि विवाद सिर्जना भएको छ । विवाद भएपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको उनको भनाइ छ । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।

आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा–१० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विवाद भएपछि मतदान रद्द गरिएको थियो । आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । मतदानका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्