Logo
Logo

काठमाडाैंमै सडककाे यस्ताे बिजाेग


1.1k
Shares

रासस

काठमाडौं । वरपरको सडक ठीकै छ । सहजै सवारी आवतजावत गर्न सक्छ र बीचमा पुगेपछि पानीको दह देखिन्छ ।

खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रे थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ ।

रासस

हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाई भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गरे ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र निर्माण व्यवसायीको लापरवाहीले यात्रु मर्कामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्