Logo
Logo

माओवादीको पदाधिकारी टुंगो लागेन, प्रचण्डले मागे थप समय


2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी सदस्यको बैठक सकिएको छ। असार १९ गतेदेखि सुरू भएको बै‍ठक दुई दिन रोकिएर बिहीबार सकिएको हो ।

माओवादीको यो बैठकले स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंग्याउने अपेक्षा गरिएको थियो । तर, बिहीबार बसेको केन्द्रीय ममिटी बेठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीबारे गहृकार्य नपुगेको भन्दै समय मागेका छन् ।

उनले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिए । उनले पोलिट्ब्यूरो समिति १५६ र स्थायी समिति ४१ सदस्यीय हुने जानकारी गराए ।

माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरेका थिए । तर, अझै सहमति नजुटिसकेकाले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्