Logo
Logo

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : सहरी विकासमन्त्री


756
Shares

जनकपुरधाम। सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताए ।

जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णाेद्धार लगायतका काम भइरहेको जानकारी दिंदै मन्त्री चौधरीले मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गरे ।

जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिंदै त्यसका लागि तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने बताए ।

जनकपुरधामको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणको वर्षौंदेखि चर्चा चल्दै आए पनि जग्गा व्यवस्थापन हुन नसक्दा सो कार्य हुन नसकेको बताउंदै उनले ल्याण्डफिलसाइट निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गर्न उपमहानगरपालिकासँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्