Logo
Logo

बुढीगंगा नगरपालिकाको मतगणना आज बिहानबाटै थालिने


1.6k
Shares

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको मतदानको गणना आज बिहानबाटै थालिने भएको छ ।

त्यसका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्ने तय गरिएको र बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो ।

हिजो सम्पन्न मतदान कार्यक्रममा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्