Logo
Logo

गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने हर्क साम्पाङको घोषणा


5.9k
Shares

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

उनले मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै जानकारी दिएका हुन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन समेत गरेको उनले जनाएको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाले किनिएको स्कर्पियो गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्