कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नयाँ बस सेवा सञ्चालनको माग गर्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन् । क्याम्पसमा हाल तिन ओटा बस सञ्लनमा छन् ।
टाढा टाढाबाट आउने विद्यार्थीलाई उभिएर आउनु पर्ने, कलेजमा विद्यार्थी संख्या बढी भएकाले बसमा सिट नपाउने, काेचाकोच हुँदा असहज भएको विद्यार्थीकाे भनाइ छ ।