Logo
Logo

बारामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


378
Shares

बारा । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्