Logo
Logo

गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जोको मृत्यु


3.5k
Shares

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको मृत्युभएको छ । आज बिहान नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद गरिएकाे छ । यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्