Logo
Logo

पहिराले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध


504
Shares

दमौली । पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाले आज बिहान पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्