Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरीसडाँडामा जारी छ। बैठक कोटेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा केहीवेर अघि सुरु भएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी संगठन विस्तार लगायत विषयमा छलफल हुने बताइएको छ। स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात, पार्टीमा चुलिएको गुटको अन्त्य गर्नेबारे समेत छलफल हुने स्रोतले बताएको छ।

बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्