Logo
Logo

निर्वाचनमा आफ्नै बलले होमिएका हौँ : अध्यक्ष नेपाल


504
Shares

बुटवल । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने बताएका हुन् ।

सोक्रममा अध्यक्ष नेपालले सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको समेत दाबी गरे ।

उनले एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको बताउँदै आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेकाले थप सफलता प्राप्त गर्ने बताए ।

गठबन्धन आवश्यकताअनुसार भएतापनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेको उनको भनाइ छ । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे ।

‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो’ उनले भने, ‘मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्