Logo
Logo

श्रीलंकाका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा


6k
Shares

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामाको घोषणा गरेका छन् । आज हजारौँ प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी आवासमा प्रवेश गरेपछि सर्वदलीय सरकारको लागि मार्ग प्रशस्त गर्नको लागि राजीनामा दिएको बताएका छन् ।

विक्रमासिङ्घेले ट्वीटरमा लेखेका छन्, ‘सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न म आज आयोजित सर्वदलीय बैठकमा दिइएको उत्तम सिफारिसलाई स्वीकार गर्दछु । यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु ।’

हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि यसअघि राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्