Logo
Logo

राष्ट्रपति निवासमा छिरेका प्रदर्शकारी खानदेखि पौडीमा रमाए


2.9k
Shares

कोलम्बो । श्रीलंकामा चरम आर्थीक संकटपछि सरकारविरुद्ध महिनौदेखी विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीले जनाताको लागी आफ्नो भुमिका निर्वहन गर्न नसकेको भन्दै राजीनामा माग गरेका छन् ।

श्रीलंकामा शनिबार हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेर स्वीमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आक्रोशित प्रदर्शनकारी राष्ट्रपतिको निवासभित्र छिरेपछि नारावाजी गर्दै पिएको देखिन्छन् । त्यस्तै, प्रदर्शकारीहरू किचन भित्र पसेर खानेकुरा खानेकुरा खाएका देखिन्छन् । केही किचनमा ग्यास बालेर खानेकुरा पकाएका थिए ।

राष्ट्रपतिको कम्पाउन्डभित्र छिर्नेवित्तिकै केहीले स्वीमिङ पुलमा पौडी खेलेर रमाएका थिए । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई सुटुक्क भगाएर सेनाको मुख्यालयमा लगेको थियो ।

उनले शुरक्षाका लागि बुधबार पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । त्यसैगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार नै पदबाट राजीनामाको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्