Logo
Logo

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा


819
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाडौं आइपुगेका छन् । एक महिना अघि मात्र उनी विदेश विभाग प्रमुख बनेका हुन् ।

लिउसहित आइतबार आठ जनाको टोली नेपाल आइपुगेका हुन् । लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ ।

आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका टोली अहिले बत्तीसपुतलीस्थित होटल द्वारिकामा बसेका छन् । भ्रमणका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्