Logo
Logo

गेटा मेडिकल कलेजमा सरकार गम्भीर बनेन : एमाले


567
Shares

कैलाली । नेकपा एमालेले गेटा मेडिकल कलेजका विषयमा सरकार गम्भीर नबनेको बताएको छ ।

आगामी बजेटमा उक्त कलेजलाई बजेट नछुट्याएको भन्दै गम्भीर ध्यानाकषृण भएको जनाएको हो । एमाले सुदूरपश्चिम सचिव धर्म पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा संरचना तयार गरेर पनि सञ्चालनमा जोड नदिनु सरकारको गैर जिम्मेवारपूर्ण काम भएको बताइएकाे छ ।

गेटा मेडिकल कलेजका लागि हालसम्म साढे ३ अर्ब रूपैयाँ खर्च भइसकेको छ । तर, ‘मोडालिटी’ बारे अन्योलता छ ।

आज यसको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलीले निरीक्षण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्