Logo
Logo

बुटवलको होटलमा युवती मृत फेला


3k
Shares

बुटवल । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार शुक्रबार राति एक युवकसँग होटलमा आइबसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

शव परिवारले पहिचान गरेको र पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको केसीले बताए । सदीक्षासँगै बसेका युवकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्