Logo
Logo

लिउको आग्रह- ‘नेपालमा चीन विरोधी गतिविधि नहोस्’


819
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि हुन नदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्दै जियानचाओले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँग भेट अगाडि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटवार्ता गरेका जियानचाओले खड्कासँग पनि नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् चिनियाँ धारणा रहेको सुनाएका थिए ।

प्रधानमन्त्री देउवाले नेपाल असंलग्न राष्ट्र रहेको र कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बारेमा प्रष्ट पारेका छन् । परराष्ट्रमन्त्री खड्काले ‘नेपाल र चीनको फ्रेन्डसीप एकदम महत्वपूर्ण रहेको बताएका थिए ।

यानचाओले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्ने छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग संयुक्त भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, जियानचाओले लिउले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी बुधबार बेइजिङ फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्