Logo
Logo

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै


10.5k
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ।

सर्वोच्च अदालतमा विचाराधीन आइजिपी बढुवा सम्बन्धी परेको रिटमा आज जवाफी बहस हुनेछ । जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए।

बहस आज सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ। एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

सरकारले वैशाख १८ गते एआईजी धीरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्