Logo
Logo

नेकपा नीति कि नेता प्रधान ?


रवीन्द्र श्रेष्ठ

0
Shares

रवीन्द्र श्रेष्ठ

पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुनुहुन्छ । उहाँले नै नेपालको राजनीतिक आर्थिक सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । तत्कालीन फासिष्ट पञ्चायती राजतन्त्रात्मक व्यवस्थाविरुद्ध संघर्ष गर्दागर्दै उहाँको २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँको निधन भएको आज ४१ वर्ष भइसकेको छ । तर, उहाँले देखाउनुभएको बाटो तथा नीति र सिद्धान्तहरुको महत्व नेपाली राजनीतिमा अझ बढेको छ ।

रवीन्द्र श्रेष्ठ

पुष्पलालले देश संकटमा परेको बेलामा दीर्घकालीन जनयुद्धको बाटो भएर नयाँ जनवादी क्रान्ति गर्नुपर्दछ भन्ने नीति ०२५ सालको सम्मेलनमै पारित गर्नुभएको थियो । नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता र महत्वबारे सर्वप्रथम पुष्पलालले नै विस्तृत विश्लेषण र व्याख्या गर्नुभएको थियो । दीर्घकालीन जनयुद्ध र नयाँ जनवादी क्रान्तिको बाटो, नीति र सिद्धान्त नेपालको सन्दर्भमा पनि सही रहेछ भन्ने यथार्थ दश वर्षे जनयुद्धले प्रमाणित गरिसकेको छ ।

राणा शासनका विरुद्ध पुष्पलालले संघर्षलाई निर्णायक रुपमा अघि बढाउन जोड दिनुभएको थियो । उहाँले ०७ सालमा भएको दिल्ली सम्झौताको विरोध गर्दै राणाशाहीका विरुद्धको संघर्षलाई निर्णायक बनाउन पहल गर्नुभएको थियो । ००७ सालदेखि ०१७ सालको अवधिमा पुष्पलालले एकातिर राजतन्त्रका विरुद्ध संघर्ष गर्नुभयो भने अर्कोतिर नेपाली कांग्रेसका गलत नीति र व्यवहारका विरुद्ध पनि संघर्ष गर्नुभयो । ०१७ सालको शाही ‘कू’ पछि पुष्पलालले निरन्तररुपमा संयुक्त जनआन्दोलनको कार्यनीतिलाई अपनाउनुपर्ने बताउँदै आउनुभयो । राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसलगायत सबै विपक्षी राजनीतिक दलहरु मिलेर संयुक्त जनआन्दोलनको माध्यमबाट संघर्षलाई अघि बढाउन पुष्पलालले बारम्वार नेपाली कांग्रेसलगायत सबै दलहरुसँग आग्रह गर्दै आउनुभयो ।

तर संयुक्त जनआन्दोलनको सही कार्यनीतिलाई नेपाली कांग्रेसका नेताहरु मुख्यतः विपी कोइरालाले कहिल्यै स्वीकार गरेनन् । विपीले कहिले कांग्रेस एक्लैले सशस्त्र संघर्ष गर्ने बाटो अवलम्वन गरे भने कहिले राजासँग मेलमिलापको नीति लिएर नेपाल फर्के तथा जेल बस्न तयार भए । तर नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर राजतन्त्रका विरुद्ध संघर्ष गर्ने पुष्पलालको नीति अपनाउन तयार भएनन् । विपी कोइरालाको यस गलत नीतिले गर्दा विपी र पुष्पलालको समयमा देशमा लोकतन्त्र आउन सकेन । ०४६ सालमा आएर गणेशमान सिंहले विपीको गलत नीति सच्याउनुभयो । कम्युनिष्ट पार्टीहरुका सबै घटकहरुसँग संयुक्त जनआन्दोलनमा जान उहाँ तयार हुनुभयो । गणेशमानले पुष्पलालको सही नीति ठम्याउनुभयो र त्यसलाइ लागू गरेर पञ्चायती व्यवस्था ढाल्ने महान् संयुक्त जनआन्दोलनको नेतृत्व गर्नुभयो । पुष्पलालको सही नीतिको प्रयोग गर्दा पञ्चायती फासिष्ट व्यवस्था ढालेर बहुदलीय लोकतन्त्रको स्थापना हुनुको साथै राजतन्त्रलाई पनि एक हदसम्म संवैधानिक बनाउने काम भयो त्यतिबेला ।

दुःखको कुरा यो भयो कि बहुदलीय लोकतन्त्रको स्थापनापछि न त कांग्रेसले आफ्नो प्रजातान्त्रिक समाजवादी कार्यक्रम लागू गरेर देशलाई अघि बढाउने काम ग¥यो, न त एमालेले जनताको बहुदलीय जनवादको कार्यक्रम लागू ग¥यो । एमालेको नौ महिने मनमोहन सरकारले केही काम अवश्य पनि शुरुवात गरेको थियो । तर पछिल्लो समयमा एमाले पटक–पटक सरकारमा गए पनि जबजअनुसार काम अघि बढाएन । कांग्रेस र पूर्वपञ्चहरुकै नीतिको पछि लाग्ने काम एमालेले पनि ग¥यो । पुष्पलालले देश संकटमा परेको बेलामा दीर्घकालीन जनयुद्धको बाटो भएर नयाँ जनवादी क्रान्ति गर्नुपर्दछ भन्ने नीति ०२५ सालको सम्मेलनमै पारित गर्नुभएको थियो । नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता र महत्वबारे सर्वप्रथम पुष्पलालले नै विस्तृत विश्लेषण र व्याख्या गर्नुभएको थियो । दीर्घकालीन जनयुद्ध र नयाँ जनवादी क्रान्तिको बाटो, नीति र सिद्धान्त नेपालको सन्दर्भमा पनि सही रहेछ भन्ने यथार्थ दश वर्षे जनयुद्धले प्रमाणित गरिसकेको छ ।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि कांग्रेस र एमालेका नेताहरुले आफ्नो विगतका गल्ती कमजोरीहरु सच्याउने बाचा बारम्वार जनताको बीचमा गर्न बाध्य भएका थिए र जनतालाई आन्दोलनमा आइदिन अनुरोध गरेका थिए । गिरिजाप्रसाद कोइराला र एमाले तथा माओवादीका नेताहरुले पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिलाई अझ विकसित गर्दै जनयुद्ध र जनआन्दोलनको संयुक्त शक्तिले राजतन्त्रलाई नै सदाका लागि बिदा दिन सफल भए । यसबाट पनि पुष्पलाल कति दूरदर्शी नेता थिए भन्ने पुष्टि हुन्छ । अहिले नयाँ संविधान बनेको छ । नयाँ शक्तिशाली दुईतिहाइको सरकार कम्युनिष्ट नेतृत्वमा नै बनेको छ । तर दुःखको कुरा, यस शक्तिशाली सरकारले पुष्पलालले देखाउनु भएको बाटोमा अघि वढ्ने हिम्मत गरेन । पुष्पलालले नयाँ जनवादी क्रान्तिलाई पूर्ण रुपमा अघि वढाएर समाजवादको बाटो हुँदै साम्यवाद तिर जानु पर्दछ भन्नु भएको थियो । तर वर्तमान नेकपा नेतृत्व र शक्तिशाली सरकारले पुष्पलालको नयाँ जनवादी बाटो र कार्यक्रम तथा मदन भण्डारीको जनताको वहुदलीय जनवादको बाटो र कार्यक्रम लागु गर्ने तर्फ कदम चालेन । ओली सरकारको पहिलो र दोश्रो वजेट जनअपेक्षा र पुष्पलाल तथा मदन मण्डारीको नीति अनुसार आएन । पहिलो वजेटमा आफैले राखेको रकमपनि खर्च गर्न सकेन । आफैले राखेको राजश्व लक्षपनि उठाउन सकेन । असारे विकासको नाममा लूटतन्त्र मच्चाउने कामको निरन्तरता यो सरकारलेपनि ग¥यो ।

पुष्पलालको नयाँ जनवादी कार्यक्रम र मदन भण्डारीको जबज दुबैमा रहेको क्रान्तिकारी भूमि सुधारको कुनैपनि कार्यक्रम योे सरकारले लागु गरेको छैन । देशमा औद्योगिक क्रान्ति गर्न दलाल तथा नोकरशाही पूँजीपतिमाथि कडा नियमन र नियन्त्रण गर्दै राष्ट्रिय जनपक्षीय पूजीवादलाई प्रोत्साहन दिने भन्ने पुष्पलाल र मदनका नीतिहरुलाई यो सरकारले रद्दीको टोकरीमा फाल्ने काम ग¥यो । फलस्वरुप देशको वजेट वरावर नै गत आर्थिक वर्षमा व्यापार घाटा भएको छ । देशको उद्योग व्यवयाय गम्भीर संकटमा छ । विदेशी उद्योगका सामान बेच्ने बजार मात्र भएको छ नेपाल । यसले गर्दा रोजगारीको श्रृजना अत्यन्त न्युन हुन गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम बालुवामा पानी भएको छ । भडकिलो प्रचार गरेर घोषणा गरिएको सामाजिक सुरक्षा योजनामा २ प्रतिशत रोजगारदाता सूचीकृत गर्न पनि सरकार असफल भएको छ ।

पुष्पलालले जोड दिनुभएको विषय—कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्दछ भन्नेबारे नेकपा र यसको नेतृत्वको सरकारको नीति के हुनुपर्दछ भन्ने विषयमा छलफल, बहस र संघर्ष भएको पाइँदैन । नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर अन्तरपार्टी संघर्ष गर्न थालेका छन् । नेता होइन नीति प्रधान हुनुपर्दछ भन्ने पुष्पलालको विचार अंगाल्नु र पार्टी तथा देशका लागि सही नीतिको चयन गर्नु तथा लागू गर्नु नै पुष्पलाल प्रतिको सही श्रद्धान्जलि हुनेछ । विश्व इतिहासमा चुनाववाट करीब दुईतिहाइ विजय पाएर बनेको कम्युनिष्ट सरकारले पाएको पुष्पलाल र मदन भण्डारीको विचारलाई समात्न सक्यो भने मात्रै देश समाजवादतर्फ उन्मुख हुनेछ । अन्यथा, यस्तो मौका नेकपालाई फेरि नआउन सक्छ ।

पुष्पलालले कम्युनिष्ट पार्टीहरुको एकिकरण गरी एउटै शक्तिशाली पार्टी वनाउन निकै जोड दिनु भएको थियो । उहाँले आफ्नो जीवनकालमा यसकालागि निकै मेहनत पनि गर्नु भएको थियो । तर शुरु मै भएको पार्टी विघटन गर्नुपर्ने माग लगायत विविध कारणले गर्दा टुटफुट भएको पार्टी सहि कार्यदिशाका आधारमा एकिकृत हुन सकेन । पुष्पलालको सोही एकिकृत मजबुत पार्टीको नीति अनुसार नै माले र माक्र्सवादी लगायत विभिन्न समुह मिलेर एमाले वन्यो र मशाल, चौम, सर्वहारावादी श्रमिक संगठन तथा मसाल मिलेर माओवादी वन्यो । ०६३ पछि एमाले र माओवादीका प्रमुख नेताहरुको अहंकारले गर्दा पुष्पलालको एकिकृत शक्तिशाली पार्टीको नीति लागु हुन सकेन । जसले गर्दा ०६३ देखि ०७२ सम्मको लामो संक्रमण कालको पीडा देशले भोग्नु प¥यो । तर एमाले तथा माओवादी दुबैले ठक्कर खाएपछि वल्ल पार्टी एकताको उद्देश्य सहित चुनावी मोर्चा वन्यो र ०७५ जेठ ३ मा पार्टी एकता भयो । पुष्पलालले कम्युनिष्ट पार्टी भनेको नेता होइन नीति प्रधान हुनु पर्दछ भन्ने कुरालाई निकै जोड दिनु भएको थियो । तर नेकपाले पार्टी एकता भएको १३ महिना भएपनि आफ्नो नीतिगत दस्तावेज छाप्न र वाँड्न सकेको छैन । नेकपा नीति प्रधान होइन, नेता प्रधान पार्टी बन्न गएको छ ।

अहिले नेकपामा फलानो नेताको पछि लाग्ने कि अर्का नेताको पछि लाग्ने, पुराना नेताहरुको पछि लाग्ने कि युवानेताहरुको पछि लाग्नेजस्ता अराजनीतिक छलफल हुने गरेको छ । तर पुष्पलालले जोड दिनुभएको विषय—कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्दछ भन्नेबारे नेकपा र यसको नेतृत्वको सरकारको नीति के हुनुपर्दछ भन्ने विषयमा छलफल, बहस र संघर्ष भएको पाइँदैन । नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर अन्तरपार्टी संघर्ष गर्न थालेका छन् । नेता होइन नीति प्रधान हुनुपर्दछ भन्ने पुष्पलालको विचार अंगाल्नु र पार्टी तथा देशका लागि सही नीतिको चयन गर्नु तथा लागू गर्नु नै पुष्पलाल प्रतिको सही श्रद्धान्जलि हुनेछ । विश्व इतिहासमा चुनाववाट करीब दुईतिहाइ विजय पाएर बनेको कम्युनिष्ट सरकारले पाएको पुष्पलाल र मदन भण्डारीको विचारलाई समात्न सक्यो भने मात्रै देश समाजवादतर्फ उन्मुख हुनेछ । अन्यथा, यस्तो मौका नेकपालाई फेरि नआउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्