Logo
Logo

इजरायलका प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच चाँडै भेट्घाट


252
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री यइर लापिड र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिबीच चाँडै भेटवार्ता हुने भएको छ । आइतबार भएको फोन कुराकानीका क्रममा उहाँहरुले चाँडै भेट्ने योजना बनाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा उनीहरुका बीचमा सौहार्दपूर्ण कुराकानी भएको उल्लेख छ । दुई नेताले अमेरिकी राष्ट्रपति जो वाइडेनले मध्यपूर्वमा भ्रमण गर्न लागेको विषयमा पनि छलफल गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेनले यही जुलाई १३ देखि १६ सम्म इजरायल, पश्चिम बङ्गाल र साउदी अरबको भ्रमण गर्ने तय भएको छ । सन् १९७९ मा भएको दुई देशबीचको सम्झौताका बारेमा पनि उहाँहरुले समिक्षा गर्नु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै नेताले त्यस सम्झौतालाई दुई देशको सम्बन्धको जगको रुपमा लिएर आगामी दिनको यात्रा तय गर्नुपर्नेमा जोड दिएका थिए । आफूहरुका बीचमा निरन्तर कुराकानी र सञ्चार सम्बन्ध भइरहनु पर्ने र त्यसो भएमा दुई देश विचको सम्बन्ध थप सकारात्मक हुने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्