Logo
Logo

जसपा भट्टराई समूहको विस्तारित बैठक सुरु


1.6k
Shares

काठमाडौं । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहकाे जनता समाजवादी पार्टी (जसपा)को समानन्तर केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ ।

जसपाको केन्द्रीय समिति बैठक बुधबार र विहीबार विरगञ्जमा डाकिएको छ । उक्त बैठकमा आफूहरूलाई नडाकिएपछि भट्टराई समूहले काठमाडौंको जडिबुटीमा विस्तारित बैठक सुरु गरेको हो ।

बैठकमा भट्टराई निकट नेता सहभागी भएको स्रोतले जानकारी दिएको छ । तर, को–को नेता सहभागी छन् भन्ने खुलाइएको छैन । भट्टराई पक्षको व्यानर भने सार्वजनिक भएको छ ।

यता सोमबारै जसपा केन्द्रीय कार्यालय बालकुमारीले काठमाडौंमा केन्द्रीय विस्तारित बैठक डाकिएको भनी गलत प्रचार गरिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्