Logo
Logo

संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन एमालेको माग


693
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारणबारे समेत प्रश्न गरिन् ।

सांसद तुम्बाहम्फेले ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको भन्दै सभामुखमाथि प्रश्न गरिन्– ‘सर्वोच्चमा विचाराधीन रहेको विषय, जसलाई गैरसंवैधानिक भन्छौं भने गैरसंवैधानिक विषयमा संसदमा छलफल गर्न मिल्छ ?’

उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्न नपाइने भन्दै विधेयक फिर्ता हुनुपर्ने बताइन् । सांसद तुम्बाहम्फेले भनिन्, ‘सम्मानीय सभामुखज्यू, यहाँ हाम्रो नेता हो । नेताले आफ्नो संस्थाभित्र आएको विषय हेर्ने कि नहेर्ने ? संस्था सञ्चालन गर्न यहाँ बसिरहँदा मेरो दायित्व के हो भन्ने विचार गर्नुपर्छ कि पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्