Logo
Logo

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट


315
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताएकी थिइन् ।

त्यस्तै चिनियाँ नेता लिउले भने आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताएका थिए । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार राष्टपतिसंग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए । उनी आजै स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्