एजेन्सी । यसअघि आज (बुधबार) राजीनामा दिन्छु भन्दै सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेकाराष्ट्रपति गोटवाया राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् ।
श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शनहरू बढ्दै गएपछि विक्रमासिंघेले यसअघि आफूले राजीनामा दिने बताएका थिए । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन् ।