काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार आरोपमा व्यापारी अमित श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिशाल सिमेन्टका पूर्व सञ्चालकसमेत रहेका श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। प्रहरीले बुधबार श्रेष्ठको पानीपोखरीस्थित निवासमा समेत छापा मारेको छ।
यसअघि पनि उनी बहुविवाह लगायत विवादमा परेका थिए ।झापाकी एक युवतीलाई उनले कान्छी श्रीमतीका रुपमा भित्र्याएको र पछि उनलाई अलपत्र पारी सम्पत्तिबाटै बेदखल गर्न खोज्दा उनका बिरुद्ध अदालतमा मुद्दा समेत परेको थियो ।