काठमाडौं । २०९औँ आदिकवी भानुभक्त जन्मजयन्तीको अवसरमा ‘विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला–३९’ सम्पन्न भएको छ ।
टुक्का साहित्य समाजले गरेको उक्त कार्यक्रमको संयोजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८४ टुक्काकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले आदिकवि भानुभक्त विषयमा केन्द्रित भएर चोटिला टुक्का कविताहरू सिर्जना गरेका थिए ।
भाषा साहित्यको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको यो २०९औँ जन्मजयन्ती हो । देश तथा विदेशका विभिन्न स्थानहरूमा हरेक वर्ष असार २९ गते विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदै आएको छ ।