Logo
Logo

दुर्घटनामा साइकलयात्रीको मृत्यु


756
Shares

सुनसरी । बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ ।

बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेका धामीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्