Logo
Logo

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट : जेलेन्स्की


1.5k
Shares

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथिको आक्रमणको सिधा असर श्रीलंकामा देखिएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पु¥याएको उनले बताए ।

श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’ युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलब ६ अर्ब मानिस वित्त, खाद्य, वा ऊर्जा संकटमा छन् ।

आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रप्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्