Logo
Logo

सिरहा र गोरखामा ३ जना मृत फेला


504
Shares

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ ।

मिर्चैया नगरपालिका–९ घुर्मी चौकदेखि १ सय मिटर उत्तर सडक किनारमा शव फेला परेको हो । शव मिर्चैया नगरपालिका–९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साहको रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा एक व्यक्ति मृत भेटीएको छ । घर नजिकैको खेतमा पानी लगाउन गएका ५५ वर्षीय अशेश्वर मण्डललाई राती खाना खान बोलाउन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

त्यस्तैगरी गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ । गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए।

नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको हुनसक्ने अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्