खार्तुम । सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।
सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छिन् ।
पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।
सुडानमा इस्लामिक कानुमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ । दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ ।