Logo
Logo

उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार


2.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिएका हुन् ।

यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो ।

उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ । बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । यसअघि सत्ता गठबन्धनबाट उपसभामुखमा नेपाली कांग्रेसका पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्