Logo
Logo

अन्तर्राष्ट्रियस्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री


63
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलबीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन् । खड्काले गठबन्धन देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार नमिल्ने देशबीच पनि गठबन्धन हुने गरेको उल्लेख गरे । देशभित्रै विचार मिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको उनको तर्क थियो ।

पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो तर्क गरेका हुन् । ‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन’, उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गर्दा पार्टीलाई पनि घाटा छैन। स्थानीय निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ । संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति बलियो भएको जिकिर गरेका छन् ।खड्काले अमेरिकी सहायता सम्झौता (एमसीसी) पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै सैन्य साझेदारी एसपीसीलाई अघि नबढाउने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्