Logo
Logo

नयाँ पार्टी खोल्ने बाबुराम समूहको निर्णय


16.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष रहेका बाबुराम भट्टराई समूहले नयाँ पार्टी खोल्ने निर्णय गरेको छ । दुई दिन काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठलेको जसपाबाट अलग भएर नयाँ पार्टी खोल्ने निणर्य गरेको हो ।

बैठकमा उपस्तिथ अधिकांश केन्द्रीय कार्यकारणी सदस्यहरुले विचार नमिल्ने नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नेमा एकमत राखेको जसपाका केन्द्रीय कार्यकारणी सदस्य प्रशान्त सिंहले जानकारी दिए ।

बैठकमा डा. भट्टराईले नयाँ पार्टी खोल्ने म्यान्डेड दिएका थिए । सिंहको अनुसार म्याडेन्ड पाउनेहरुमा प्रशान्तसँगै डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, रमेश यादव, महिन्द्र यादव, हिसिला यमी, र केही समानुपातिक सांसदहरु रहेका छन् ।

अब छिट्टै पार्टी निमार्ण प्रक्रियामा अघि बढ्ने सिंहले बताए । उनले भने, ‘निर्वाचन आउनुअघि नै पार्टी निमार्ण गरिसक्नु पर्नेछ, समय थोरै छ, प्रक्रिया छिट्टै अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्