Logo
Logo

बाबुराम, हिसिला र गंगासहित ९ नेतालाई कारबाही


57.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेको छ ।

वीरगन्जमा जारी केन्द्रीय समितिको बैठकले पार्टीको हितविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै भट्टराई सहित ९ जना नेतालाई सम्पूर्ण पदबाट मुक्त गराई कारवाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य खगेन्द्र माखिमले जानकारी दिए ।

जसपाले भट्टराईसहित नेताहरु महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, हिसिला यमी, दुर्गा सोब, दानबहादुर चौधरी, भक्तबहादुर शाह र रमेश यादवलाई पदबाट मुक्त गर्नुका सबै जिम्मेवारीबाट हटाएर कारबाही गरेको हो ।

जसपामा बिबाद बढेसँगै अध्यक्ष उपेन्द्र यादव समूह परिषद अध्यक्ष भट्टराई समूहले बेग्ला बेग्लै गतिविधि गर्दै आएका थिए ।

स्थापन समूहले मंगलबार वीरगन्जमा केन्द्रीय समितिको बैठक बोलाएको थियो । लगत्तै भट्टराई समूहले काठमाडौंमा केन्द्रीय विस्तारित बैठक बोलाएको थियो ।

भट्टराई समूहले बिहीबार नै जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्