Logo
Logo

आजको मौसम : मध्यम वर्षाको सम्भावना


315
Shares

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावनाछ । आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ ।

प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका थौरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

वर्षाको सम्भावना रहेका स्थानमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ ।

नदी र खहरे खोलामा पानीको सतह बढ्न सुक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्