Logo
Logo

भट्टराईका लागि गेट बन्द गरिएको छैन : यादव


2.1k
Shares

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्किने ठाउँ बाँकी नै रहेको बताएका छन् । वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भट्टराईका लागि पार्टीको गेट खुला रहेको बताए ।


उनले भने, ‘अब पुनर्विचार उहाँले गर्नुभयो भने अझैपनि हामीले आह्वान गरेका छौं । त्यो गलत बाटो, सोच, चिन्तनलाई त्याग्नुस्, मूलधारको राजनीतिमा आउन चाहनुभयो भने त्यसका लागि गेटमा ताला लगाएका छैनौं ।’

यादवले यसअघि रोक्ने प्रयास गरेपनि असफल भएको बताए । जातीय र क्षेत्रीय पार्टी भयो, वैचारिक रुपले अलग भयौं भनेर भट्टराईले सके पार्टी फुटाउने नसके अलग्गै पार्टी बनाउँछु भनेर गएको उनको भनाइ छ ।

तर, पार्टी विधान र हितविपरीत भएकोले भट्टराईको जसपा फुटाउने योजना पनि चक्नाचुर भएको यादवको दावी छ । जसपाको बिहीबार वीरगञ्जमै बसेको बैठकले बाबुराम भट्टराईलगायत ९ जना नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिसकेको छ ।

यस्तै अध्यक्ष यादवले देशलाई अप्ठ्यारो परेको बेलामा र देशले गठबन्धनको आवश्यकताल ठानेको बेला त्यसलाई मध्यनजर गरेर गठबन्धन गरेर अघि बढ्ने बताए ।

चुनावमा तालमेल गर्ने निर्णय भने यो बैठकले नगरेको उनले स्पष्ट पारे । ‘गठबन्धन सम्भव नभए एक्लै पनि चुनाव लड्ने हो, हामी एक्लै चुनाव लड्न पनि तयार छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्