Logo
Logo

संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति


567
Shares

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनबीच संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको हो ।

फाइल फोटो

काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काका अनुसार संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेसँगै अब कार्य अगाडि बढ्ने भएको छ ।

गठबन्धनमा सहमति जुटेलगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद बैठकबाट उक्त विधेयक पारित गर्ने तयारी भएको बताइएको छ । मन्त्रिपरिषदबाट पारित गरेर सरकारले आजै बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्