Logo
Logo

अब फोहोर व्यवस्थापनको स्थायी समाधान : सहरी विकासमन्त्री


504
Shares

काठमाडौँ । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैपक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गरेका छन् ।

सहरी विकास मन्त्रालयको आयोजनामा भगवती मावि साँखुमा आज आयोजित विद्यार्थीसँग मन्त्री कार्यक्रममा उनले भने, ‘विकास भनेको केवल चिल्ला सडक र ठुला, ठुला भवन मात्रै हैन । यो त संस्कार पनि हो । सबै मिलिजुली बाँच्नु पनि हो । एक अर्कालाई सम्मान गर्ने समाज निर्माण गर्नु पनि हो ।’

विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सहरी मन्त्रीसमक्ष व्यवस्थित सहर निर्माणबारे आफ्ना प्रश्न र समाधानका उपाय समेत सुझाएका थिए । विद्यार्थीका सुझावहरु गम्भीरतापूर्वक सुन्नुभएका मन्त्री चौधरीले भने, ‘हामीमा प्रतिवद्धता छैन । प्रतिवद्धताविना कुनै पनि काम सम्पन्न हुदैन । म तपाईँमा भएका प्राकृतिक ज्ञान सुन्न आएको हुँ । तपाईँहरुका सुझाव कार्यान्वयन गर्छु । फोहोरको स्थायी समाधान जसरी पनि गर्छु ।’

कार्यक्रमको सहजीकरण गर्दै सहरी विकास मन्त्रीका सचिवालय प्रमुख भूमान्डप के.सी.ले मन्त्रीज्यूको चाहना अनुरुप समाजका सबैखाले तह र तप्काका मानिसहरुसँग निरन्तर यसैगरि छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्