Logo
Logo

चिनियाँ राष्ट्रपतिद्वारा पार्टीको नीति कार्यान्वयनमा जोड


441
Shares

एजेन्सी । राष्ट्रपति सी चिनफिङले नयाँ युगमा सिन्जियाङको शासन व्यवस्थाका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नीतिलाई पूर्ण र इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सामाजिक स्थिरता र दिगो सुरक्षालाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मङ्गलबारदेखि शुक्रबारसम्म उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको निरीक्षण भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति सीले सिन्जियाङलाई एकताबद्ध, सुमधुर, समृद्ध र सांस्कृतिक रूपमा उन्नत, स्वस्थ पारिस्थितिक प्रणाली र सन्तुष्टिमा बस्ने र काम गर्ने मानिसहरूको क्षेत्रमा विकास गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्