Logo
Logo

प्रचण्डसँग भेटेपछि जयशंकरले भने- ‘नेपालको विकास र समृद्धिको चाहनामा भारत भरपर्दो साझेदार’


2.1k
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारती विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नाडाको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रचण्ड र जयशंकरबीच आर्थिक सहकार्य र छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको जयशंकरले उल्लेख गरेका छन् ।

प्रचण्डसँगको भेटपछि विदेशमन्त्री एस जयशंकरले ट्वीटरमा लेखेका छन– ‘भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नाडाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’

भेटपछि जयशंकरले भने– ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र ;d[l4sf] चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

भ्रमणका क्रममा प्रचण्डले आजै आयोजित एक कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे मन्तव्य राखेका थिए । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहरका अजित दोभालसँग भेट्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा अन्य भारती नेतासँग पनि भेटवार्ताको कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्