Logo
Logo

प्रचण्ड-मोदी भेट आइतबार- असमान सन्धी र सीमा समस्याबारे छलफल हुने


4.9k
Shares

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन् । भ्रमणका क्रममा प्रचण्डले कुन–कुन विषयमा छलफल गर्लान् ? सर्वत्र चसोको विषयम बनेको छ ।

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार भेटवार्ता हुँदै छ । यसअघि सनिबार प्रचण्ड र भारती विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटपछि भारती विदेशमन्त्री जयशंकरले ‘नेपालको विकास र समृद्धिको चाहनामा भारत भरपर्दो साझेदार रहनेछ’ भनेका छन् ।

दक्षिण छिमेकी देश भारतसँग नेपालको सम्बन्ध अपेक्षाकृत छैन । मृख्यगरी नेपाल–भारतबीचको असमान सन्धीहरु यसका कारण हुन् । सरकार–सरकारबीच औपचारिकतामा सम्बन्ध राम्रो देखिएता पनि जनस्तरमा भारतविरोधी धारणा बढ्दै गएको छ ।

जनस्तरबाटै ‘भारतले हेपाह प्रवृत्ति बढायो’ भन्ने मत बलियो बन्दै गएको अवस्थामा दुई देशबीच हुने राजनीतिक भ्रमणहरु चासोका साथ हेर्ने गरिएको छ ।

यसैबीच, प्रचण्डले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समस्याहरूलाई असल छिमेकीको भावनाबाट समाधान पर्नेमा जोड दिएका छन् ।

सम्बोधनका क्रममा प्रचण्डले भने– ‘सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदनको विषय कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ । असल छिमेकीको भावनाबाटै समस्या समाधान गर्न सक्छौं ।’

प्रचण्डले दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदैन भने– ‘नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्न सकिन्छ । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन थियो ।’

प्रधानमन्त्री मोदीसँगको भेटमा प्रचण्डले छलफल गर्ने विषय सार्वजनिक गरिएको छैन । तर, सनिबार प्रचण्डले गरेको सम्बोधनलाई आधार मान्दा ‘प्रचण्ड र मोदीबीत नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन लगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्