Logo
Logo

निर्मलकुमार थापा यूएन मिसनको फोर्स कमान्डर नियुक्त


1.2k
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा यूएन ‘डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’को कमान्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले थापालाई कमान्डर नियुक्त गरेका हुन् ।

थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो ।

यसअघि नेपाली सेनाका रथी ईश्वर हमालले यो जिम्मेवारी सम्हालेका थिए । शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर हमाल फर्केपछि हमालको स्थानमा थापालाई नियुक्त गरिएको हो ।

फोर्स कमान्डरको जिम्मेवारी पहिलो पटक एक वर्षका लागि हुनेछ । त्यसपछि अर्को वर्ष पनि थप्ने प्रावधान रहेको छ । नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्