Logo
Logo

सहिदकै बलिदानीले गणतन्त्र : सहरी विकासमन्त्री


2.4k
Shares

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सहिदको बलिदानीले नै गणतन्त्र आएको बताएका छन् । काठमाडौँको संखरापुर–१ मा नवनिर्मित सहिद किरण दंगाल पार्कको शनिबार उद्धघाटन गर्दै मन्त्री चौधरीले गणतन्त्र सहितको नयाँ संविधान ल्याउन सहिद परिवारले ठुलो योगदान गरेको बताए ।

तत्कालीन माओवादीले सन्चालन गरेको सशस्त्र आन्दोलनका क्रममा राज्यपक्षबाट भएको आक्रमणमा मारिएका तत्कालीन नाङ्लेभारे–८ पटापका किरण दंगालको स्मृतिमा निर्मित पार्कको शनिबार उद्घाटन गर्दै मन्त्री चौधरीले पार्कलाई थप व्यवस्थित गर्न सरकार तयार रहेको बताए ।

मन्त्री चौधरीले सबै दल मिल्दा मात्र देशमा आजका उपलब्धि हासिल भएको बताउँदै मै हुँ, जम्मै मैले नै गरेको हुँ भन्ने घमण्ड गर्नेहरु सकिने बताए ।

स्वर्गीय किरण दंगालका दाजु उद्धव दंगालले सहिदको बलिदानीले व्यवस्था परिवर्तन भएपनि नेताहरु जनताको समस्या समाधानमा पटक्कै ध्यान नदिएको धारण राखेका थिए । बागमती प्रेदश सरकारको २२ लाख बजेटमा सो पार्क बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्