Logo
Logo

विद्यार्थी संगठनद्वारा गभर्नर अधिकारीविरूद्ध प्रदर्शन


567
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका छन् ।

आइतबार बिहान १० बजे बालुवाटारस्थित नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो । गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेका थिए ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शनमा प्रहरी र कार्यकर्ताबीच केहीबेर धरपकड भएको थियो ।

अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भन्दै विद्यार्थी संगठनले विरोध चर्काएका छन् । यसअघि शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्